नियम २७
एकल बिन्दु सेवा केन्द्रमा रहने जनशक्ति
(१) एकल बिन्दु सेवा केन्द्रको सङ्गठन संरचना र दरबन्दी नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ। (२) उपनियम (१) बमोजिम स्वीकृत सङ्गठन संरचनाबमोजिमको दरबन्दीमा कामकाज गर्न सम्बन्धित निकायले आवश्यक सङ्ख्यामा कर्मचारी खटाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम एकल बिन्दु सेवा केन्द्रको विभिन्न एकाइको कार्यसम्पादन गर्न खटिएका /कर्मचारीले एकल बिन्दु सेवा केन्द्रको कर्मचारीको रूपमा कामकाज गर्नेछन्।
(४) उपनियम (२) बमोजिम एकल बिन्दु सेवा केन्द्रमा कामकाज गर्न खटिएका कर्मचारीको अतिरिक्त केन्द्रबाट प्रवाह गरिने सेवा प्रक्रियालाई सहज बनाउन महानिर्देशकले आवश्यकता अनुसार उच्योग विभागको दरबन्दीमा कार्यरत कर्मचारीलाई समेत एकल निन्दु सेवा केन्द्रमा कामकाज गर्नको लागि खटाउन सक्नेछ।
(५) उपनियम (२) र (४) बमोजिम एकल बिन्दु सेवा केन्द्रका एकाइमा खटिने विभिन्न सेवा समूहका कर्मचारीहरू एकल बिन्दु सेवा केन्द्रको प्रमुखप्रति उत्तरदायी हुनेछन् र प्रमुखले केन्द्रमा रहने कर्मचारीको प्रशासन, व्यवस्थापन, सुपरीवेक्षण र समग्र कामको मूल्याङ्कन गर्नेछ।
(६) “एकल बिन्दु सेवा केन्द्रको प्रशासनिक, आर्थिक तथा जिन्सी व्यवस्थापन लगायतका नियमित प्रशासन सम्बन्धी कार्य विभागले गर्नेछ।